लगातार बर्षापछि आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
रौतहट । अविरल बर्षाका कारण सोमबार पूर्व पश्चिम् राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षापछि पूर्व–पश्चिम राजमार्गको रौतहटस्थित चन्द्रपुर २ को लच्का खोलामा आएको बाढीका कारण सोमबार दिउँसोबाट सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा ४ सयभन्दा बढी साना,ठुला सवारीसाधन अलपत्र परेका छन् । राजमार्गमा गुड्ने ठुला साधनलाई पालैपालो पास गराएपनि साना सवारी साधनहरु जानसक्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शैलेश न्यौपानेले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय, तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढीको अवस्था हेरेर ठुला गाडीलाई पालैपालो पास गराउने काम भैरहेको न्यौपानेले जानकारी दि। लच्कामा बाढीका कारण दर्जनौ मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् ।

पानीले निकाश नपाउँदा जिल्लाका दक्षिणी र उत्तरी भूभागका केही गाउँ डुबानमा परिसकेका छन् । गढिमाइ नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर, इश्नाथ लगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेको स्थानीय बासिन्दाले जानकारी दिएका छ्न् ।
जिल्लाका केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिएपछि स्थानीयवासीमा त्रास बढेको छ । गतवर्ष असार र साउनमा भएको लगातार बर्षापछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो यस बर्षपनि बाढीका कारण समस्या आउन सक्ने भन्दै जिल्लाबासी त्रसित बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण