तर, जबजले झस्किए दाहाल
काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् ।
अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज को कुरा उठेपछि दाहालले आफूनिकट नेताको धारणा बुझेका हुन् ।
दाहालले शनिबारको सचिवालय बैठकलगत्तै राष्ट्रपति निवासमा आफूलाई बोलाएर महाधिवेशनपछि एकल अध्यक्षमा सहयोग गर्ने तर त्यसको लागि जबज स्वीकार गर्नुपर्ने प्रस्ताव ओली पक्षबाट आएको सुनाए ।
तर, त्यो प्रस्ताव आफूले अस्वीकार गरेको उनको भनाइ छ ।
‘राष्ट्रपतिजीसँग भएको छलफलमा मलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्ने प्रस्ताव आएको थियो । तर, त्यसको लागि जबजलाई स्वीकार गर्नुपर्ने प्रस्ताव आयो । मैले त्यस्तो हुन्न भनेको छु,’ दाहालको भनाई उद्धृत गर्दै एक नेताले अन्नपूर्णसँग भने, ‘मंसिरमा महाधिवेशन सम्भव पनि छैन । जबजलाई पनि मान्ने कुरालाई स्वीकार गरेको छैन ।’
नेपालले पनि आइतबार दाहाल निवासमै भएको छलफलमा आफू जबजको पक्षपाती भएकाले अब जबजको बहस खुला गर्नुपर्ने, आगामी महाधिवेशनबा यसलाई कार्यदिशा बनाएर जानुपर्ने धारणा राखेका थिए ।
यसबाट झस्किएका दाहालले स्थायी गुटबन्दीभन्दा पनि मुद्दाका आधारमा सहकार्य गरेर जाने नीति अवलम्बन गर्नुपर्ने बताएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण