कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई दिइने जोखिम भत्ता निकासा
मङ्गलबार, ०६ साउन २०७७, १७ : ४२
सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि दिइने जोखिम भत्ताबापतकाे रकम निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा भएको हो ।
सो रकम स्वास्थ्यकर्मीको जोखिम भत्तासँगै कर्मचारी व्यवस्थापन, औषधिजन्य सामाग्री लगायतको व्यवस्थापनमा समेत खर्चिने मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए ।
केन्द्रीय अस्पताल, सातै प्रदेश र निजी अस्पतालका लागि रकम निकासा गरिएको हो ।
कोभिड १९ उपचार गरिरहेका सरकारी अस्पताल १४ वटा, प्रदेश सरकार मातहतका ७ वटा र १७ वटा निजी अस्पतालको रकम निकासा गरिएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले असार मसान्तसम्म आएको विवरणको आधारमा रकम निकासा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण