आश्रमलाई खाद्यान्न सामग्री सहयोग
काठमाडौं – नेपाल विद्यार्थी संघ धादिङ – काठमाडौँ सम्पर्क समितिले तारकेश्वर न.पा.-७ मा अवस्थित नवजीवन परोपकार वृद्धाश्रमलाई खाद्यन्न सामग्री सहयाेग गरेकाेछ ।
विपी कोइरालाको ३८ औँ स्मृति दिवस पारेर गरिएकाे साे कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पाैडेलले सम्पर्क समितिले सृजनशिल काम गरेकाे भन्दै, यस्ता कृयाकलापले नै विपी काेइराला प्रति सच्चा श्रद्भान्जली हुने बताए ।
साथै नेविसंघलाई सधैँ यस्तै सृजनात्मक काम गर्न पनि उनले अनुराेध गरे । आश्रमलाई सहयाेग गर्न दाल, चामल, नुन, तेल,चिनी, फलफूल लगायतका सामाग्री लिएर नेविसंघ नेता तथा कार्यकर्ता आश्रममा पुगेका थिए । कार्यक्रम नेविसंघ धादिङ – काठमाडौँ सम्पर्क समितिका अध्यक्ष किरण भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो।
कार्यक्रममा काङ्ग्रेसका नेताहरु राकेश धमला, कृष्ण रिजाल, योग बहादुर तामाङ, राजेन्द्र सुवेदी,हर्कमान तामाङ,तरुण दलका नेता भागवत रेग्मी, नेवि संघका नेताहरु इश्वर अधिकारी, निवर्तमान केन्दिय सदस्य सुशील भट्ट, जयराम दाहाल, निरन्जन थापा, माधव शर्मा, सुरेन्द्र थपलिया, सन्तोष गुरुङ, प्रदीपजङ्ग शाह, दिलिक्षा अधिकारी लगायतकाे उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण