चेपाङ बस्तीमा आगो लगाउनेलाई तत्काल कार्वाही गर्न माग
काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले चितवनको माडी–९ कुसुमखोलास्थित चेपाङबस्तीका ८ घर हात्ती लगाएर भत्काएको र २ घरमा आगो लगाईएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनाप्रति ध्यानकर्षण भएको जनाएको हो ।
आयोगले गाँस बासको कुनै उपाय नभएका आदिवासी सीमान्तकृत चेपाङ सुकुम्बासीलाई २ दशकभन्दा बढी समयदेखि बस्दै आएको स्थान र त्यो पनि मध्य वर्षातका समयमा जुनसुकै कारण देखाएर गरिएको उठिबास र आगलागी क्षम्य नभएको जनाएको छ ।
आयोगले पीडित नागरिकलाई तुरुन्त आवास र क्षतिपूर्तिको व्यवस्था गर्न र घटनाको छानबिन गरी चितवन राष्ट्रिय निकुञ्जका संलग्न कर्मचारीलाई तुरुन्त कडा कार्वाही गर्न सम्बन्धित सरकारी निकायसँग अनुरोध समेत गरेको छ । सो बस्तीका ८ घर हात्ती लगाएर भत्काइएको र २ घरमा आगो लगाइएको समाचार मंगलबार सार्वजनिक भएको थियो । तस्बिरः नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण