सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग

बुधबार, ०७ साउन २०७७, १३ : ४४
बुधबार, ०७ साउन २०७७

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको “सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । 

बैंकले प्रतिष्ठानलाई  ५ लाख मूल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको हो ।  साथै बैंकले १ लाख ५७ हजार ६३५ मूल्य बराबरको १०००० थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ । 

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । प्रतिष्ठानमार्फत अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।  

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका प्रतिष्ठानलाई एक समारोहका बीच सामग्री हस्तान्तरण गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप