हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको “सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ ।
बैंकले प्रतिष्ठानलाई ५ लाख मूल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको हो । साथै बैंकले १ लाख ५७ हजार ६३५ मूल्य बराबरको १०००० थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ ।
वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । प्रतिष्ठानमार्फत अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका प्रतिष्ठानलाई एक समारोहका बीच सामग्री हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण