कोरोना कहरः भारतमा ११ लाख ९२ हजारभन्दा बढी संक्रमित
एजेन्सी । भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ९२ हजार ९१५ पुगेको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६४८ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ७३२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि ४ लाख ११ हजार १३३ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ५३ हजार ५० जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख २७ हजार ३१ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार २७६ व्यक्तिको मृत्यु भएको छ ।
त्यसपछि तमिलनाडुमा १ लाख ८० हजार ६४३ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २५ हजार ९६ कोरोना भाइरस संक्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेशमा ५८ हजार ६६८ र कर्नाटकामा ७१ हजार ६९ र तेलङ्गानामा ४७ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण