शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नक्कली विज्ञप्तिले एफएनसीसीआईमा तनाव

बुधबार, ०७ साउन २०७७, १४ : ४४
बुधबार, ०७ साउन २०७७


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नाममा निक्लेको नक्कली विज्ञप्तिले महासंघमा तनाव थपेको छ । सो विज्ञप्तिप्रति ध्यानाकर्षण भएको भन्दै महासंघले आफ्नो आधिकारीक विज्ञप्ति मार्फत खण्डन गरेको छ । 

५४ औं वार्षिक साधारणसभाको तयारीको विषयमा प्रकाशित प्रेस विज्ञप्ति अनधिकृत रुपमा जारी भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको विज्ञप्ति भनी मोनीका अधिकारीले असार ६ गते महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्षको व्टिटको हवाला दिँदै २ जना उपाध्यक्ष्ँ किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित बिषयप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।   

उक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको र  पत्रकारिताको सामान्य सिद्धान्तको विपरित मात्र नभई आचार संहिताको गम्भीर उल्लंघन समेत भएको महासंघको ठहर छ । 

महासंघले विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको  भत्सर्ना गरेको छ ।   

साधारण सभा र निर्वाचनको बारेमा दिइने सूचना तथा जानकारीको अधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई वेवास्ता नगर्न पनि सचेत गराएको छ ।  भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्तिमाथि कारवाहीको माग समेत महासंघले गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप