नक्कली विज्ञप्तिले एफएनसीसीआईमा तनाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नाममा निक्लेको नक्कली विज्ञप्तिले महासंघमा तनाव थपेको छ । सो विज्ञप्तिप्रति ध्यानाकर्षण भएको भन्दै महासंघले आफ्नो आधिकारीक विज्ञप्ति मार्फत खण्डन गरेको छ ।
५४ औं वार्षिक साधारणसभाको तयारीको विषयमा प्रकाशित प्रेस विज्ञप्ति अनधिकृत रुपमा जारी भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको विज्ञप्ति भनी मोनीका अधिकारीले असार ६ गते महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्षको व्टिटको हवाला दिँदै २ जना उपाध्यक्ष्ँ किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित बिषयप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको र पत्रकारिताको सामान्य सिद्धान्तको विपरित मात्र नभई आचार संहिताको गम्भीर उल्लंघन समेत भएको महासंघको ठहर छ ।
महासंघले विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको भत्सर्ना गरेको छ ।
साधारण सभा र निर्वाचनको बारेमा दिइने सूचना तथा जानकारीको अधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई वेवास्ता नगर्न पनि सचेत गराएको छ । भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्तिमाथि कारवाहीको माग समेत महासंघले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण