पत्रिकाको ग्राहक बनिदिन्छु भन्दै बलात्कारः बच्चा जन्मिएपछि घटना सार्वजनिक
भक्तपुर । रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउँथे । मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउँदै हिँड्थिन् ।
भण्डारीले ती १७ वर्षकी किशोरीलाई पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ, भन्दै फकाई डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार भण्डारीले ती किशोरीलाई बलात्कार गरेपछि कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिए ।
पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिइन् । २०७७ असार १४ गते जबरजस्ती करणी मुद्दामा पीडित किशोरीले जाहेरी दरखास्त दिएपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको सूचना अधिकारी गिरीले बताए ।
जबरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक बर्षे हद म्याद भएता पनि कोभिड–१९ संक्रमणको कारण देशभर बन्दाबन्दी भएकाले भण्डारीलाई खोजतलास गर्दै जाँदा मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत भक्तपुर पेश गरेकोमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण