मास्क नलगाउनेलाई जरिवाना
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो ।
निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
“असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्यरुपमा मास्क लगाएर हिँड्डुल गर्न सूचना गरेको प्रहरीले अटेरी गर्ने एक हजार ५९ व्यक्तिलाई कारवाही गरेको हो”, उनले भने, “उनीहरुलाई रु १०० जरिवाना गर्दा कूल जम्मा रु एक लाख पाँच हजार ९०० राजस्व सङ्कलन भएको छ ।”सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्कको प्रयोगबिना बाहिर निस्कन दिएको निर्देशन विपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप रु १०० जरिवाना तिर्न लगाइएको बताए । कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण