उपत्यका भित्रिने नाकामा कडाइ
काठमाडौं । सरकारले सीमा जोडिएका एक जिल्लाबाट जिल्लामा सार्वजनिक यातायात चलाउन पाइनेगरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशका हकमा भने यो नियम लागू नरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार उपत्यका प्रवेशका नाकाहरुमा पूर्ववत रुपमै चेकजाँचलाई कडाइ गरिएको छ । अहिले पनि उपत्यका प्रवेशका लागि सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा मात्रै उपत्यका प्रवेश गर्न दिइएको उनले बताए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवसायीले सार्वजनिक यातायात चलाउन थालिसकेका छन् ।
लामो दूरीको यातायातका साधन भने आगामी भदौ १ गतेदेखि सञ्चालन हुनेछ । कोरोनाभाइरस संक्रमण जोखिमका कारण गत चैतदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने
-
उपल्लो दरवाङको सडक अठार वर्षपछि कालोपत्र
-
केयूको आयोजनामा साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै
-
बागमती प्रदेशको बजेट आकार घट्ने
-
बागमती प्रदेशसभा २ समितिको बैठक बस्दै
-
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य