रिचार्जरमा ३५ रुपैयाँमा केएन ९५ मास्क, सार्वजनिक यातायातका साधनलार्ई विशेष प्याकेज
काठमाडौं । सरकारले लकडाउन खुला बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ ।
विशेषगरी रिचार्जरले सार्वजनिक यातायातमा हुने भिडभाडलाई ध्यानमा राखेर यात्रु तथा सवारी चालकका लागि सुपथ मूल्यमा स्वास्थ्य सुरक्षासामाग्रीहरु उपलब्ध गराउन लागेको ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
रिचार्जरले विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क ३५ रुपैयाँमा उपलब्ध गराउनेछ । त्यसैगरी कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध गराउनेछ ।
साथै रिचार्जरले सार्वजनिक यातायातका साधनका लागि आवश्यक स्वास्थय सामाग्रीको कम्बो ५ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने ग्लाइडरले जानकारी दिए ।
रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ ।
रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ ।
रचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था समेत गरिएको छ ।
गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण