उद्योगका कारण बीपी राजमार्ग जोखिममा, राजनीतिक पहुँचका कारण कारबाही गर्ने निकाय नै मौन
काभ्रे – क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण असुरक्षित बन्दै गएको स्थानीयवासीको भनाइ छ ।
पानी पर्न थालेसँगै आउने त्रसरको डस्टका कारण राजमार्ग अवरुद्ध हुने गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका क्षेत्रमा बढी क्रसरका कारण जोखिम बढेको स्थानीयको भनाइ छ । सडकभन्दा माथि सञ्चालित उद्योगले सडकमा बढी जोखिम भएको उनीहरूले बताए ।
रोसी गाउँपालिका वडा नं. ८ डिप्सामा रहेको नाङ्साल क्रसर उद्योग, नमोबुद्ध नगरपालिकामा रहेको मनकामना र रोसी गाउँपालिकामा रहेको पशुपति उद्योगका कारण बढी जोखिममा परेको छ । उक्त उद्योगका कारण ढुङ्गा झर्ने तथा डस्ट पानी परेसँगै राजमार्गमा आएपछि अवरुद्ध हुने गरेको छ । रोसी गाउँपालिकाका अध्यक्ष डीबी लामाले पानी परेसँगै आउने क्रसरको डस्टका कारण राजमार्ग असुरक्षित भन्दै गएको बताउनुभयो । हामीले पटक÷पटक राजमार्ग र रोसी खोलालाई जोगाइदिन आग्रह गर्दै आएका छौँ तर सुनुवाइ भएन ।
राजनीतिक पहुँचका आधारमा सञ्चालित क्रसर तथा खानी उद्योगलाई कारबाही गर्ने निकाय नै मौन रहने गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि रोसी गाउँपालिका, प्रहरी र स्थानीयले खुलाउँदै आएका छन् । हिउँदमा समेत सुक्खा पहिरो आउँदा राजमार्ग डाइभर्सन गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा मधुसुधन तिमल्सिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण