शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शुक्रबारको मौसम पूर्वानुमान

शुक्रबार, ०९ साउन २०७७, ०८ : ०५
शुक्रबार, ०९ साउन २०७७

जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

शुक्रबार देशभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । साथै, मनसूनी न्युन चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी  भूभागमा नेपाल नजिक रहेको  अवस्था छ। 

यसैगरी, देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी  प्रदेश, प्रदेश ५  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप