वीरगन्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु
पर्सा । वीरगन्जमा शुक्रबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो । वीरगन्जको गण्डक अस्थायी कोबिड अस्पतालको आइशोलेनशमा भर्ना भएर उपचार गराइरहेकी ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्य भएको हो ।
मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि उनलार्इ बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नेपाली सेनाको चन्डीप्रसाद गणका कर्णेल मदनजङ्ग राणाले जानकारी दिएका छन् । शव व्यवस्थापन कहाँ लगेर गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण