निकुञ्जका कर्मचारीले घरमा आगो लगाइदिएपछि बिचल्ली
काठमाडौं । चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सहितले आगो लगाएपछि उनीहरुको बिचल्ली भएको छ । बर्खाको समयमा सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा वत लागेर बस्न बाध्य छन् । कोभिडका कारण विद्यालयहरु बन्द रहेकाले उनीहरु विद्यालयमा बस्न पाएका छन् तर विद्यालयमा अध्ययन सुरु हुन थालेपछि भने उनीहरु झन समस्यामा पर्ने देखिन्छ ।
गत शनिबार चेपाङ समुदाय बस्दै आएका दुईवटा घरमा निकुञ्जका कर्मचारीले आगो लगाएका हुन् । अन्य घरहरु र खेतीबालीमा हात्ति लगाएर नष्ट गरिएको छ । स्थानीय गंगामाया चेपाङले हात्तीसहित आएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले घरमा आगो लगाएको बताइन् ।
बर्खाको समय त्यसैमाथि बालि भित्र्याउने चटारो भइरहेका बेला घरमा आगो लगाएपछि ४ जनाको परिवार सहित उनी अहिले स्थानीय विद्यालयमा वत लागेर रात विताउन बाध्य छिन् । उनले भनिन्, ‘‘तपाईँहरु जानुपर्छ भनेर भन्नुभयो । नगरपालिकाले घर बनाएको दिएको छ त्यहाँ जानुस् भन्नुभयो तर नगरपालिकाले घर दिएको छैन । जमिन भए पो बालबच्चालाई पाल्ने हो नी । हामीले त्यही भन्दा जवरजस्ती गर्नुभयो । तपाईहरु बस्नु पाउँदैन भनेर आगो लगाउनुभयो । ओड्ने ओच्छ्याउने केही छैन् भनेर भन्दा विद्यालयमा गएर सुत्नुहोस् भन्नुभयो ।’’
निकुञ्जका कर्मचारी एक्कासी आएर घर भत्काएका र आगजनी गरेको बताउनुहुने अर्का स्थानीय दानबहादुर प्रजाले आफ्नो घरमा आगजनी गरिदिँदा नागरिकताको प्रमाणपत्र र १० हजार नगद समेत जलेर नष्ट भएको बताए ।
अर्का स्थानीय कविता चेपाङले तिमीहरु यता बस्न पाउँदैनौ भनेर डर देखाउँदै आगो लगाइएको बताइन् । बर्खाको समयमा बच्चालाई लिएर कहाँ जाने ? के दिएर पाल्ने भन्दा निकुञ्जका कर्मचारीहरले डर देखाएको उनको भनाइ छ ।
स्थानीय लालीमाया चेपाङले सरकारले नागरिकता नदिएर सुकुम्बासी बनाएको दुखेसो पोख्दै बर्खाको समयमा बच्चाहरुलाई लिएर कहाँ जाने ? हामी कहिलेसम्म सुकुम्बासी बस्ने ? भन्दै प्रश्न समेत गरिन् ।
स्थानीयहरु बिचल्ली हुनेगरी घरमा आगजनी गर्ने र खेतिबालि नष्ट गर्ने कार्यको माडी नगरपालिकाको पहलमा छानबिन सुरु भएको छ । निकुञ्जले कुनै पनि समन्वय नगरी स्थानीयका घर भत्काउने गरी गरेको घटनाको निन्दा गर्दै नगरपालिका मेयर ठाकुर प्रसाद ढकालले दोषिलाई कारवाही हुनुपर्ने बताए । बर्खाको समयमा घरमा आगो लगाउने, खेति नष्ट गर्न आदेश दिने जो कोहीलाई पनि कारबाही हुनपर्ने उनले बताए । मेयर ढकालले राष्ट्रिय निकुञ्ज ऐन संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै उक्त टोलीको नेतृत्वकर्ता सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई कारवाही हुनुपर्ने बताए । उनलाई निर्देशन दिने प्रमुख संरक्षण अधिकृत वा मन्त्रालयको सविच मन्त्री जो सुकै भएपनि आवश्यक कारवाही हुनुपर्ने उनले बताए ।
यता निकुञ्जले भने जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई ठाउँ खाली गर्न भनिएको अटेर गरेका कारण फुसको झुप्रोहरु हटाइएको बताएको छ । स्थानीयले आरोप लगाएजस्तो आगजनी नै नगरिएको निकुञ्जको दाबी छ । तर दुईवटा घरमा आगो लगाएको भने प्रष्ट देखिन्छ । निकुञ्जले फुसको झुप्रो भनेतापनि त्यहाँँ बस्ने चेपाङ्ग समुदायको लागि त्यो महल बराबर रहेको छ । अहिले पीडितहरुको व्यवस्थानको काम नगरपालिकाले गरिरहेको छ । तत्काल पीडित चेपाङ समुदायलाई नगरापालिकाको वडा नम्बर ९ राईं गाउँमा व्यवस्थापन गरिने मेयर ढकालले बताए ।
घटनाको बिषयमा छानबिन गर्न वन मन्त्रालयका सह सचिव यज्ञनाथ दहाल नेतृत्वको टोली शुक्रबार चितवनको कुसुम खोला पुगेर स्थलगत निरीक्षण गरेको छ । टोलीले त्यहाँका स्थानीयहरुसाग घटनाको बिषय सोधपुछ समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण