नुवाकोटमा नेकपाका सङ्गठित सदस्य १५ हजार, विभाग २९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजारभन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई पार्टीबीच एकता भएसँगै सङ्गठित सदस्य सङ्ख्या १५ हजार ७७५ अनुमोदन गरी केन्द्रीय सङ्गठन विभागमा प्रमाणीकरणको लागि पठाउने निर्णय गरेको हो ।
बैठकले नेकपा नुवाकोटमा विभिन्न २९ वटा विभाग राख्न यसअघिको जिल्ला कमिटी सदस्यको बैठकले प्रस्ताव गरेर कार्यालय बैठकबाट सिफारिस गरिएका विभागलाई अनुमोदन गर्दै प्रमुख र उपप्रमुखहरु चयन गरेको छ । विभागअन्तर्गत जिल्ला अध्यक्ष हीरानाथ खतिवडा पार्टी स्कुल विभाग र सचिव नारायणप्रसाद खतिवडा सङ्गठन विभागको प्रमुखमा चयन भए ।
यसैगरी प्रचार तथा प्रकाशन विभागमा बद्री मैनाली, कृषि तथा भूमिसुधार विभागमा पशुपति कोइराला, कोष तथा आर्थिक व्यवस्थापनमा विष्णु लोहनी, खानेपानी तथा सरसफाइ विभागमा कमल खतिवडा, जलस्रोत, सिँचाइ तथा कर्जा विभागमा शान्ता अधिकारी, निर्वाचन विभागमा बाबुराम अधिकारी, न्याय, कानून तथा मावनअधिकार विभागमा लीलानाथ न्यौपाने, पर्यटन तथा नागरिक उड्डयन विभागमा काशीराज अधिकारी चयन भए ।
उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा ईन्द्रबहादुर पण्डित, अर्थ तथा योजना विभागमा खिलप्रसाद दवाडी, उद्योग तथा वाणिज्य विभागमा जीतेन्द्र विष्ट, प्रादेशिक मामिला विभागमा रामेश्वर खड्का, पुस्तकालय तथा अभिलेख विभागमा यमकुमार खाती, भौतिक पूर्वाधार तथा यातायात विभागमा तेजबहादुर लामा युवा तथा खेलकूद विभागमा नारायण बस्नेत, वन तथा वातावरण विभागमा रत्नबहादुर विश्वकर्मा, विज्ञान तथा प्रविधि विभागमा भोला सेढाइँ, शिक्षा तथा मानव स्रोत विभागमा विष्णुबहादुर बोगटीलाई चयन गरिएको प्रचार तथा प्रकाशन विभागका प्रमुख बद्रि मैनालीले जानकारी दिए ।
उनको अनुसार श्रम तथा रोजगार विभागमा मङ्गलमाया प्रजापति, समाज कल्याण विभागमा लोचन नेपाल, सहकारी तथा गरिबी निवारण विभागमा अरुण श्रेष्ठ, सामान्य प्रशासन विभागको प्रमुखमा मुकुन्द आचार्य, साहित्य तथा कला संस्कृति विभागको प्रमुखमा टलकमान श्रेष्ठ, स्थानीय तह विभागको प्रमुखमा बुद्धि प्रधान, स्वास्थ्य तथा जनसङ्ख्या विभागको प्रमुखमा गमला श्रेष्ठ, महिला विभाग प्रमुखमा कल्पना रिमाल र शहरी विभागको प्रमुखमा मानबहादुर तामाङलाई चयन गरिएको छ ।
सबै विभागका प्रमुखसँगै उपप्रमुख पनि चयन गरिएको छ । दुई पार्टी एक भएसँगै बनाइएको विभाग भएकाले प्रमुख र उपप्रमुख साविकको दुई पार्टीबाट समान सहभागितामा बनाइएको छ । बैठकले समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्दै सचिवालय सदस्य र अतिथिबाट आएका राय तथा सल्लाहका आधारमा आगामी दिनमा कार्यान्वयन लैजाने निर्णय गरेको छ । बैठकमा जिल्ला सचिवालयका पदाधिकारीसहित अतिथिको रुपमा वाग्मती प्रदेशका पदाधिकारीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण