कम्तिमा २४ रोहिंग्या आप्रवासी मलेसियाको समूद्रमा डुबेको आशङ्का
एजेन्सी । थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन ।
पोडेर तटमा पुगेका एक रोहिंग्या आप्रवासीलाई प्रहरीको जिम्मा लगाइएको तर अन्य रोहिंग्या सदस्यहरू डुबेको आशङ्का गरिएको एक तटवर्ती अधिकारीले आइतबार बताएका छन् । उत्तरी राज्य केडा र पर्लिसका तटीय सुरक्षा गार्ड प्रमुख मोहम्मद जववी अब्दुल्लाहका अनुसार २४ बर्षीय नूर हुसेनलाई लाङ्गकावीको रिसोर्ट टापुमा किनारमा पु¥याएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
“अवैधरूपमा मलेसिया प्रबेश गरेका रोहिंग्या आप्रवासी टोलीका २४ जना डुङ्गाबाट हाम फालेका तर पौडी खेली जीवन जोगाउन उनी मात्रै सफल भएका व्यक्ति थिए,” जववीले भने । वेपत्ता रहेका भनिएका अन्यको खोजी भइरहेको एक अधिकारीले एएफपीलाई बताए । उनकाअनुसार समाचार तयार पार्दासम्म कसैलाई पनि जीवित वा मृत अवस्थामा नभेटिएको उनले बताए ।
मुसलमान बाहुल्य मलेसिया रोहिंग्याका लागि रोजिएकको गन्तव्य हो । तीन बर्ष पहिले म्यानमारमा सैन्य कारबाहीपछि भागेर आएका सात लाखभन्दा बढी रोहिंग्या मुसलमानहरुमध्ये धेरैले बंगलादेशको कोक्स बजार जिल्लामा शरण लिई बसेका थिए भने ।
केहीले शिविरमा बढी भीडभाड भएपछि भारत, नेपाल, मलेसिया, इनडोनेसिया लगायतका मुलुकमा शरणार्थी जीवन विताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण