साउथ इन्डियन नायिकाद्वारा आत्महत्याको कोसिस, अस्पतालमा भर्ना
साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको जानकारी दिएकी थिइन् । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुकमा भिडियो बनाएर भनेकी थिइन्, केही बेरमा मेरो मृत्यु हुनेछ
उनले फेसबुकमा एउटा भिडियो पोस्ट गरिन् । उक्त भिडियोमा उनले भनिन्, ‘यो मेरो अन्तिम भिडियो हो । म विगत चार महिनादेखि सीमान र उनका पार्टीका मानिसहरुका कारण असाध्यै तनावमा छु । आफ्नो परिवारका लागि जिउँदो रहन मैले हरसम्भव प्रयास गरेँ तर यस्तो हुन सकिरहेको छैन । मलाई हरि नादरले मिडियामा असाध्यै अपमानित गरेका छन् । मैले रक्तचापको औषधी खाएकी छु । अबको केही समयमा मेरो रक्तचाप असाध्यै कम हुनेछ र मेरो मृत्यु हुनेछ ।’
वियजलक्ष्मीले भिडियोमा भनेकी थिइन्, ‘मेरो मृत्यु एउटा उदाहरण हुनुपर्छ । म आफ्ना प्रशंसकलाई सीमान र हरि नादरजस्ता व्यक्तिलाई यत्तिकै नछोड्न आग्रह गर्दछु र मेरो मानसिक शोषण गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय दिइयोस् । ’
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार लक्ष्मी चेन्नईको एक नीजि अस्पतालमा भर्ना छिन् । स्मरण रहोस् सिमान एक तमिल नेशनलिस्ट पार्टीका नेता हुन् भने हरि नादर पनि राजनीतिक पार्टीसँग सम्बन्धित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण