हेटौंँडामा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु

हेटौंडा । हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न २ जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका-६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती– ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् ।
हेटौंँडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाटर चालक भने फरार रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...
-
बेंगलुरु र चेन्नईको खेलमा अम्पायरको चर्चा किन ?
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’