गुल्मीको चन्द्रकोटमा पहिरोले ट्रक बगायो, दर्जनौ घरपरिवार विस्थापित
गुल्मी । गए रातीदेखि गएको भीषण बाढी र पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिका र छिमेकी सत्यवती गाउँपालिकामा दर्जनौं घर विस्थापित भएका छन् । एउटा ट्रक पहिरोले बगाएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ को रुपाकोट शान्तिपुर जोड्ने मोटरबाटो अन्तर्गत खसीमारे भन्ने स्थानमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको र एउटा मालवाहक ट्रक बगाएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले बताए ।
उनका अनुृसार सोही गाउँपालिका वडा नम्वर ८, तुराङ्गमा पहिरोले चार घर परिवार विस्थापित भएका छन् । विस्थापितहरु जनता बाल निकेतन मावि पिपलनेटामा ल्याएर राखिएको छ । वडा नम्वर ७ को रुपाकोटमा पनि दुई घर विस्थापित भएको र थप विवरण आउन बाँकी छ ।
चन्द्रकोटका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले रुपाकोटको सडकमा पहिरोले बगाएको ट्रक झण्डै २ सय मिटर तल खोलामा खसेको बताए । भीषण पहिरोका कारण रुपाकोट शान्तिपुरको सडक अवरुद्ध भएको छ ।
त्यस्तै, सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घाको ढाँडगैरामा ४ वटा घर पहिरोले उच्च जोखिममा पारेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । ‘म अहिले यसै ठाउँमा आईपुगेको छु, ४ वटा घरको तल र माथिबाट पहिरो गएर उच्च जोखिमा छन्’ गाृउँपालिका प्रमुख ढकालले भने, ‘यहाँका परिवारलाई कता सार्ने भन्ने विषयमा छलफल हुँदैछ ।’
सोही गाउँपालिका वडा नम्वर ७ को हसरामा ५ घर विस्थापित भई गौरीशंकर आधारभूत बिद्यालयमा राखिएको गाउँपालिका अध्यक्ष ढकालले जानकारी दिए । उनका अनुसार रिडी रुद्रवेणी वामिटक्सार सडक खण्डको ठाउँ–ठाउँमा पहिरो गएको र अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण