ओलीलाई हटाएर प्रचण्ड–माधवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत : गजुरेल
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी ओलीको राजीनामा नभएको बताएका छन् ।
मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले राजीनामा गरेर समस्याको हल नहुने बताए ।
नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्र प्रचण्ड, माधव नेपाल, र शेरबहादुर देउवालाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन् दुर्घटनाको बाटो हुने बताए ।
अहिलेको संकट ल्याउनमा प्रधानमन्त्रीको दोष नभएको समेत गजुरेको दावी छ ।
अब राज्य संचालन गर्ने पात्र फेर्ने भन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको उनको भनाइ छ ।
आफूहरुले जनयुद्घ अहिलेको व्यवस्थाको लागि नभएर जनगणतन्त्रको लागि गरेको भन्दै अहिलेको राज्य व्यवस्था र विगतको राज्य व्यवस्थामा कुनै फरक नभएको नेता गजुरेलको भनाइ छ ।
नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएर जिताए पनि जनताको पक्षमा कुनै राम्रो काम गर्न नसकेको उनले दावी गरे ।
एमसीसी पास गरेर अमेरिकन सेना नेपाल आउन दिएर चीनसंग लड्न नेपाली भूमि दिने खेल भइरहेको नेता गजुरेलको आरोप छ । नेपालमा एमसीसी राष्ट्रिय हित विपरित हुने उनको ठम्याई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण