सिद्धिचरण नगरपालिकाका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । गत शुक्रबार जिल्लाका विभिन्न स्थानिय तहबाट स्वब संकलन गरेर पठाइएका मध्ये सिद्धिचरण नगरपालिका ७ का २६ वर्षीय युवकमा संक्रमण पुष्टी भएको हो । दुबईबाट आएका उजी गत असार ३१ गते काठमाडौ ओर्लिएर भक्तपुरको सल्लाघारी होल्डिङ सेन्टरमा बास बसेका थिए । उनी पुनः चतरा होल्डिङ सेन्टर हुँदै साउन १ गते ओखलढुंगा आइपुगेका थिए ।
सोलुखुम्बुको सवारीसधन रिजार्भ गरेर जिल्ला आएका उनलाई सिधै ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा लगिएको थियो । उनीसँगै सोही गाडीमा आएका अन्य दुई जनामा भने कारोना नदेखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । ती युवकको स्वास्थ्य अवस्थामा सामान्य रहेकाले उनलाई सोही क्वारेन्टिनमा राखेर उपचार सुरु गर्ने तयारी गरिएको छ ।
संक्रमित युवकको पुनः स्वाब संकलन गरेर परीक्षणमा पठाइने तिवारीको भनाई छ । उनीसँगै जिल्लाको मानेभज्याङ गाउँपालिकाका २६ जना, चम्पादेवी गाउँपालिकाका १ जना लिखुका २ जना, सुनकोशीका ३ जना ,चिसंखुगढीका १ जना र सिद्धिचरण नगरपालिकाका ३८ जनाको स्वब संकलन गरेर प्रदेश प्रयोगशाला विराटनगरमा परीक्षणका लागि पठाइएको थियो ।
परीक्षणमा पठाइएका ६७ मध्ये एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको हो । यसअघि जिल्लामा १५ जना भारतीय नागरिकसहित २१ जनामा कोरोना संक्रमण देखिएको थियो । यी मध्ये ६ जना निको भएर घर फर्किसकेका छन् भने १५ भारतीय नागरिकको प्रदेश नम्बर एकको कोरोना अस्थाई अस्पतालमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण