बारामा एक अर्बभन्दा बढी रकम फ्रिज
बारामा गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लास्थित विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ ।
आर्थिक बर्ष २०७६/०७७ मा सङ्घ र प्रदेश सरकारबाट प्राप्त कूल रकममध्ये रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका निमित्त प्रमुख पवन अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षका लागि जिल्लाका विभिन्न कार्यालयमा सङ्घीय सरकारबाट प्राप्त भएको रकममध्ये रु ५७ करोड एक लाख ५४ हजार पाँच सय ४६ तथा प्रदेश सरकारबाट प्राप्त रकममध्ये रु ६८ करोड ९० लाख दुई हजार ९ सय ५९ गरी कूल रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको छ ।
निमित्त प्रमुख अधिकारीका अनुसार गत आर्थिक वर्षमा सङ्घबाट चालूतर्फ प्राप्त कूल रु नौ अर्ब १० करोड १९ लाख ७८ हजार सात सय १२ मध्ये आठ अर्व ८६ करोड ५७ लाख १२ हजार ८८ मात्र खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ९८ करोड २१ लाख ९० हजार ९ सय ९९ मध्ये रु ६४ करोड ८२ लाख ४३ हजार ८ सय ७६ खर्च भएको छ ।
यसैगरी प्रदेश सरकारबाट चालूतर्फ प्राप्त कूल रु एक अर्ब एक करोड ९० लाख ४६ हजार ९ सय २७ मध्ये रु ७० करोड ६७ लाख ४९ हजार पाँच सय २१ खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ७७ करोड ३५ लाख मध्ये ३९ करोड ६७ लाख ९४ हजार चार सय ४६ खर्च भएको निमित्त प्रमुख अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण