ह्याम्स अस्पतालमा कोरोनाभाइरसको स:शुल्क परीक्षण सुरु
काठमाडौंको धुम्वाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल)ले कोरोनाभाइरस (कोभिड–१९) को स:शुल्क परीक्षण शुरु गरेको छ ।
हालसम्म पिसिआरको रिर्पोट आउन ३/४ दिन लाग्ने बाध्यताबाट मुक्त हुँदै अस्पतालमा आरटी पिसिआर परीक्षण शुरु भएपश्चात शल्यक्रिया गर्नुपर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनु पर्ने तथा आईसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने अस्पतालले विश्वास लिएको छ ।
साथै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु, अन्य अस्पतालका बिरामीहरुले समेत सो अस्पतालमा आरटी पिसिआर परीक्षण सशुल्क गराउन पाउने छन् ।
नेपाल सरकारद्वारा तोकिएको शुल्क पाँच हजार पाँच सयमा कोभिड–१९ आरटी पिसिआर परीक्षण गरिने पनि अस्पतालले जनाएको छ ।
अस्पतालले सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितीमा समेत नियमित रुपमा गुणस्तरीय सेवा संचालन गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण