शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ ल्याउँदै राजेश हमाल

बुधबार, १४ साउन २०७७, ११ : ५५
बुधबार, १४ साउन २०७७

काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले फिल्मको पर्दामा नदेखेको धेरै भयो । केही समययता ठूलो पर्दाबाट बाहिर रहेका हमाल अब भने सानोपर्दामा देखिने भएका छन् । 
टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो ।

साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार एक प्रेस मिट मार्फत विस्तृत जानकारी गराउँदैछ ।
राजेशले टेलिभिजनमा यस अगाडि ‘को बन्छ करोडपति’ र ‘वाइ वाइ क्वीज’ संचालन गरेका थिए ।

धेरै पहिले फिल्मबाट केही फुर्सदिलो भएको समय अभिनेता निर्देशक दिनेश डिसीले राजेशलाई ‘वाई वाई क्वीज’मा सहभागी गराएका थिए । 
अहिले फेरि राजेश फुर्सदमा रहेको बेला कान्तिपुर टेलिभिजन मार्फत डिसीलेनै ‘जातको प्रश्न’ कार्यक्रममा सहभागी गराएका हुन् ।

‘जातको प्रश्न’ एउटा बहस विशेष कार्यक्रम हो । कार्यक्रममा जातपात र यसको कारणले हुने विभेदको विषयमा राजेश फिल्डमा उत्रिएर बहस चलाउने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप