टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ ल्याउँदै राजेश हमाल
काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले फिल्मको पर्दामा नदेखेको धेरै भयो । केही समययता ठूलो पर्दाबाट बाहिर रहेका हमाल अब भने सानोपर्दामा देखिने भएका छन् ।
टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो ।
साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार एक प्रेस मिट मार्फत विस्तृत जानकारी गराउँदैछ ।
राजेशले टेलिभिजनमा यस अगाडि ‘को बन्छ करोडपति’ र ‘वाइ वाइ क्वीज’ संचालन गरेका थिए ।
धेरै पहिले फिल्मबाट केही फुर्सदिलो भएको समय अभिनेता निर्देशक दिनेश डिसीले राजेशलाई ‘वाई वाई क्वीज’मा सहभागी गराएका थिए ।
अहिले फेरि राजेश फुर्सदमा रहेको बेला कान्तिपुर टेलिभिजन मार्फत डिसीलेनै ‘जातको प्रश्न’ कार्यक्रममा सहभागी गराएका हुन् ।
‘जातको प्रश्न’ एउटा बहस विशेष कार्यक्रम हो । कार्यक्रममा जातपात र यसको कारणले हुने विभेदको विषयमा राजेश फिल्डमा उत्रिएर बहस चलाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण