लिलादेवी सिटौला बनिन् सांसद, सभामुखले गराए सपथ (तस्बिरहरु)
काठमाडौं । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई सभामुख अग्नि प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् । त्यसपछि समाजवादी पार्टीले सिटौलाको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले उनलाई निर्वाचित भएको घोषणा गरेको थियो ।
उनको सपथ ग्रहण कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुले बधाइ तथा शुभकामना दिएका थिए ।
तस्बिरहरु : सुवास श्रेष्ठ











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण