केन्द्रीय समिति बैठकको माग गर्दै नेकपाका नेताहरुले हस्ताक्षर बुझाउँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केही नेताहरुले केन्द्रीय समितिको बैठक माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाउने भएका छन् ।बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा आज हस्ताक्षर बुझाउने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् । स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग भएको छ ।
धुम्बाराहीमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेललाई केहीबेरमा हस्ताक्षर बुझाउने तय भएको झाँक्रीको भनाइ छ । केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।
प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान लिएका छन् भने अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाललगायतका बुहमत सदस्यले राजीनामा माग गरिरहेका छन् । यसबारे पार्टीमा विवाद चर्किँदै गएपछि केन्द्रीय समितिको माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो ।
हस्ताक्षर संकलन भएपछि पार्टीलाई बुझाउन लागिएको छ । केन्द्रीय समितिको एक चौथाइ सदस्यले केन्द्रीय समितिको माग गरेपछि बैठक बसाउन सकिने प्रावधान अनुसार नै हस्ताक्षर अभियान शुरु गरिएको हो । नेकपामा ४४४ जनाको केन्द्रीय कमिटी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण