पानीमुनिको पुलको पीडाः बिरामी बोकेको एम्बुलेन्स खोलाले बगाएपछि डोजरले निकाल्यो
दाङ । दाङको एउटा खोलाले बिरामीसहित बगाएको एम्बुलेन्स डोजरले निकालेको छ। घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने हापुर खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो।
घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको रा. १ च ८९२ एम्बुलेन्सलाई बुधबार बिहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर विकले जानकारी दिएका छन्। खोलाले बगाएको एम्बुलेन्सलाई प्रहरीले बिहान साढे ५ बजेतिर उद्धार गरेको थियो।
‘खोलाले एम्बुलेन्स बगाएको खार पाएपछि २० मिनेटमै हामी घटनास्थल पुगेर एम्बुलेन्समा तीनजनालाई उद्धार गरेका थियौ,’ उनले भने, ‘बाँकी दुईजनालाई केही समय पछि उद्धार गरेका हौं।’ उद्धारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसहितको २० जनाको टोली र नारायणपुर ७ जनाको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो। खोलाले एम्बुलेन्स बगाएर सडकदेखि २० मिटर तल लगेका अवस्थामा प्रहरीले डोजर प्रयोग गरेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
‘नारायणपुरतिरबाट बिरामी लगएर एम्बुलेन्स तुलसीपुर जाँदै गर्दा बगाएको रहेछ,’ इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी प्रमुख सई विकले भने, ‘एम्बुलेन्स बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नारायणपुरको टोली पुगेर उद्धार गरेको हो।’
उनका अनुसार खोलाले एम्बुलेन्स चालक तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी अम्मराज कुँवर, घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु सार्की, उनकी श्रीमती शान्ति नेपाली, छोरा विशेष नेपाली र सोही ठाउँ निवासी अर्का २८ वर्षीय शरद नेपालीलाई प्रहरीले सकुशल उद्धार गरेको थियो।
उक्त सडक खण्डमा साना सवारीसाधन अझै चल्न नसकेको प्रहरीले जनाएको छ। घोराही–तुलसीपुर सडक खण्डमा पुल नभएका खोलाले वर्षेनि साना सवारीसाधन बगाउने गरेका छन्। उक्त सडकखण्डको ग्वारखोला, संक्राम खोला, गुर्जेखोलालगायतमा पुल भएपनि हापुर खोला, सेवारखोला, पत्रेखोलालगायत खोलामा पुल नबन्दा वर्षामा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण