वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण २ जनाको मृत्यु

वीरगञ्ज । वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा बुधबार थप १ जनाको मृत्यु भएको हो । बुधबार नै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत वीरगन्ज महानगरपालिका ६ माईस्थानका ७० वर्षीय बृद्धको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्टले बताए । योसहित वीरगञ्जमा बुधबारै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
नेशनल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएका ती बृद्धमा बुधबार साँझ मात्र कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । उपाध्यायकाअनुसार, एकहप्ता पहिले झाडा पाखाला लागेर बीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लगि पुगेका ती बृद्धलाई थप उपचारका लागि तराई अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि ती बृद्धलाई वीरगञ्जकै बयोधा अस्पतालमा उपचारको लागि लग्दा त्यहाँ पिसिआर रिपोर्ट मागिएकाले उनलाई मंगलवार नारायणी अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था जटिल भएको र नारायणी अस्पतालमा आइसियु सेवा ४ दिन पहिले देखिनै बन्द भएका कारण उनको स्वाब संकलन मात्रै गरेर उनलाइ मंगलवार बेलुका नेशनल मेडिकल कलेजमा पठाइएको थियो । नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार बिहान करिब २ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर