वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण २ जनाको मृत्यु
वीरगञ्ज । वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा बुधबार थप १ जनाको मृत्यु भएको हो । बुधबार नै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत वीरगन्ज महानगरपालिका ६ माईस्थानका ७० वर्षीय बृद्धको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्टले बताए । योसहित वीरगञ्जमा बुधबारै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
नेशनल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएका ती बृद्धमा बुधबार साँझ मात्र कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । उपाध्यायकाअनुसार, एकहप्ता पहिले झाडा पाखाला लागेर बीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लगि पुगेका ती बृद्धलाई थप उपचारका लागि तराई अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि ती बृद्धलाई वीरगञ्जकै बयोधा अस्पतालमा उपचारको लागि लग्दा त्यहाँ पिसिआर रिपोर्ट मागिएकाले उनलाई मंगलवार नारायणी अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था जटिल भएको र नारायणी अस्पतालमा आइसियु सेवा ४ दिन पहिले देखिनै बन्द भएका कारण उनको स्वाब संकलन मात्रै गरेर उनलाइ मंगलवार बेलुका नेशनल मेडिकल कलेजमा पठाइएको थियो । नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार बिहान करिब २ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण