रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, चाहन्थे ब्रेकअपः पूर्व प्रेमिका अंकिताको खुलासा
सुशान्त सिंह प्रकरणमा नयाँ खुलासा भएको छ । रिया चक्रवर्तीको विषयमा यो खुलासा सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले गरेकी हुन् । बिहार पुलिसलाई सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिताले दिएको जानकारी अनुसार ‘मणिकर्णिका’ को प्रोमोशनको क्रममा सुशान्त सिंहले उनलाई शुभकामना दिन मेसेज गरेका थिए ।
अंकिताले बिहार प्रहरीलाई दिएको बयान अनुसार त्यतिबेला यी दुईले च्याटमा धेरैबेर कुरा गरेका थिए । अंकितालाई उद्धृत गर्दै बिहार पुलिसले भनेको छ, ‘त्यतिबेला सुशान्तले निकै भावुक भएर उनी रियासँगको आफ्नो सम्बन्धका कारण निकै तनावमा परेको रियाले असाध्यै तनाव दिएका कारण आफूले सम्बन्ध समाप्त गर्न चाहेको अंकितालाई बताएका थिए ।’
अब अंकिताले आफ्नो यो च्याट बिहार प्रहरीसँग मिलेर साझा गरेकी छिन् । यसबाहेक अंकिताले त्यसपछि पनि सुशान्त र उनीबीच भएको सबै च्याट बिहार प्रहरीसमक्ष साझा गरेकी छिन् । यसै आधारमा अब बिहार प्रहरीले आफ्नो छानबिन सुरु गरेर प्रमाण जम्मा गरिरहेको छ ।
सुशान्त सिंहको मृत्युपछि अंकिता लोखंडे दुई पटक पटना गएकी थिइन् । त्यतिबेला अंकिताले सुशान्तकी दिदी श्वेतालाई भेटेकी थिइन् । श्वेता र अंकिता लामो समयदेखि एक–अर्कालाई चिन्दथे र दुईबीच निकै राम्रो सम्बन्ध थियो, अंकिताले आफू र सुशान्तबीचको च्याट श्वेतालाई पनि देखाएकी थिइन् । – जिन्यूज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण