अनिल अम्बानीले २८ अर्ब ९२ करोड बक्यौदा नतिर्दा बैंकद्वारा मुम्बई हेडक्वार्टर कब्जा
बिहीबार, १५ साउन २०७७, १३ : १८
यस बैंक लिमिटेडले मुम्बईमा अनिल धीरुभाइ अम्बानी ग्रुपको हेडक्वार्टर रिलायन्स सेन्टरलाई आफ्नो कब्जामा लिएको छ । उक्त भवनलाई गत २२ जुलाईमा कब्जा लिइएको हो ।
बुधबार फाइनेन्सियल एक्सप्रेसमा सार्वजनिक विज्ञापनमा बैंकले सान्ताक्रुज मुम्बईमा २१ हजार वर्ग फुटभन्दा बढी एरिया भएको हेडक्वार्टरको भवन र दक्षिण मुम्बईमा नागिन महलमा दुई तल्ले भवनमाथि कब्जा गरेको जानकारी दिएको छ । दुई तले उक्त भवन तत्कालीन हेडक्वार्टर थियो ।
२८ अर्ब ९२ करोड भारु बक्यौता तिर्न फेलः
अनिल धीरुभाइ अम्बानी ग्रुपले बैंकको २८ अर्ब ९२ करोड भारु बक्यौता चुकाउन सकेन जसका कारण यस बैंकले कब्जा जमाएको हो । अनिल अम्बानीको ग्रुपमा यस बैंकको कूल १२ हजार करोड भारु बक्यौता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण