आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनिल अम्बानीले २८ अर्ब ९२ करोड बक्यौदा नतिर्दा बैंकद्वारा मुम्बई हेडक्वार्टर कब्जा

बिहीबार, १५ साउन २०७७, १३ : १८
बिहीबार, १५ साउन २०७७

यस बैंक लिमिटेडले मुम्बईमा अनिल धीरुभाइ अम्बानी ग्रुपको हेडक्वार्टर रिलायन्स सेन्टरलाई आफ्नो कब्जामा लिएको छ । उक्त भवनलाई गत २२ जुलाईमा कब्जा लिइएको हो ।

बुधबार फाइनेन्सियल एक्सप्रेसमा सार्वजनिक विज्ञापनमा बैंकले सान्ताक्रुज मुम्बईमा २१ हजार वर्ग फुटभन्दा बढी एरिया भएको हेडक्वार्टरको भवन र दक्षिण मुम्बईमा नागिन महलमा दुई तल्ले भवनमाथि कब्जा गरेको जानकारी दिएको छ ।  दुई तले उक्त भवन तत्कालीन हेडक्वार्टर थियो ।

२८ अर्ब ९२ करोड भारु बक्यौता तिर्न फेलः

अनिल धीरुभाइ अम्बानी ग्रुपले बैंकको २८ अर्ब ९२ करोड भारु बक्यौता चुकाउन सकेन जसका कारण यस बैंकले कब्जा जमाएको हो । अनिल अम्बानीको ग्रुपमा यस बैंकको कूल १२ हजार करोड भारु बक्यौता छ ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप