देशभर करिब ९६ प्रतिशत रोपाइँ, धान उत्पादन वृद्धि हुने प्रक्षेपण
काठमाडौं । देशभर धान रोपाइँ ९५.६० प्रतिशत सम्पन्न भइसकेको छ । योसँगै देशमा धान रोपाइँ लगभग सकिएको छ । उच्च पहाडी तथा मध्य पहाडी जिल्लाका केही स्थानमा रोपाइँ बाँकी छ भने अन्यत्र लगभग रोपाइँ सम्पन्न भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।
धान खेती हुने १३ लाख ७१ हजार ७०६ हेक्टर जमिनमध्ये ६० हजार ४०७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार साउन १२ गतेसम्म ९५.६० प्रतिशत रोपाइँ भएको छ भने गत वर्ष यतिबेला ८० प्रतिशतमात्र रोपाइँ भएको थियो ।
धान खेतीका लागि परिचित तराई क्षेत्रमा ९७ प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको छ भने उच्च पहाडमा ९३.१७ प्रतिशत र पहाडमा ९१.७२ प्रतिशत रोपाइँ भएको छ । प्रदेश २ मा ९९.०२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जबकि गतवर्ष यसबेलासम्म ७४ प्रतिशत रोपाइँ मात्र भएको थियो । प्रदेश ५ मा ९७.८३ प्रतिशत रोपाइँ भएको छ भने गत वर्ष प्रदेश ५ मा यतिबेलासम्म ८४.६० प्रतिशतमात्र रोपाइँ भएको थियो ।
कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको छ । सो प्रदेशमा गतवर्ष यतिबेला ९२.४० प्रतिशत रोपाइँ भएको थियो ।सुदुरपश्चिम प्रदेशमा ९८.१ प्रतिशत रोपाइँ भइसकेको छ भने गण्डकीमा ९६.७७, वाग्मतीमा ८९.२४ र प्रदेश १ मा ८८.९४ प्रतिशत धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।
समयमा रोपाइँ सम्पन्न भएको हुनाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने मन्त्रालयको दावी छ । यस वर्ष ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ । ६० लाख मेट्रिकटन धान उत्पादन भयो भने चामलमा देश आत्मनिर्भर हुने मन्त्रालयको दावी छ । गतवर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण