सुनको झोला फालेर भाग्न प्रयोग भएको गाडी भेटियो
काठमाडौं । राजधानीको कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन , चाँदी र हतियारसहितको झोला फालेर अभियुक्त भागेकाे भनिएको घटनामा प्रयोग भएको स्कोर्पियो गाडी फेला परेको छ । ललितपुरको नखिपोटमा गाडी फेला परेको हो ।
घटनामा प्रयोग भएको बा ६च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखीपोटस्थित निर्माणाधीन घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।
यस्तै प्रहरीले झोला फालेर भाग्ने तीन जनालाई पनि पक्राउ गरिसकेको छ । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।
मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा६च ५५१९ नम्बरको सिल्भर कलरको सो स्कोर्पियो भाग्न सफल भएको थियो भने घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै विवादमा समेत भएको छ ।

स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो ।
स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ ।
प्रहरीले घटनाबारे प्रश्न उठेपछि छानबिन समिति समेत बनाइसकेको छ । समितिलाई पाँच दिनभित्र छानविन प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण