सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ३ हजार ८ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका ४हजार २६६ कोरोना संक्रमितमध्ये निको हुने संक्रमितको संख्या ३ हजार ८ पुगेको छ ।
यसअघि ९ जना संक्रमितको भने मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
विभिन्न मितिमा अपडेट नगरिएका निको हुने संक्रमित कंचनपुरबाट १७, बिहिबार कंचनपुरकै निको हुने संक्रमित १५, डोटीबाट २ र टिकापुरबाट १ जना संक्रमित निको भएर घर गइसकेका मिडिया ब्रिफिङ्गमा जानकारी दिएको हो ।
फेला परेका संक्रमित र निको हुने संक्रमित घटाउदा सकृय संक्रमित १ हजार २४९ मात्र रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । त्यसैगरी बिहीबार गरेको परिक्षणमा ९ जना कोरोना संकमण पुष्टि भएको छ ।
कैलालीका ५ पुरुष, कंचनपुरका १ पुरुष, डडेल्धुराका २ पुरुषमा र दार्चुला का १ जना महिलामा कोरोना संक्रमण पुस्टी भएको कार्कीले बताए । हालसम्म पिसिआर बिधिबाट ३३ हजार २३५ जनाको परिक्षण जाच भएको र २८ हजार ९६९ जनामा नेगेटिभ आएको उनले बताए । ३ हजार ९ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ४२३ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६६७, बैतडीका ३०९, बझाङ्गका १७४ ,बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका २२, डोटीका ७१५ , कैलालीका ११०६ र कंचनपुरका ५२३ गरि ४ हजार २६६ रहेका छन । जस्मा महिला १०१३ , पुरुष ३ हजार २५३ रहेका छन् । क्वारेन्टिाईनमा २ हजार १४९ पुरुष र ७२३ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भईरहेको छ । ७८६ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।
सेती प्रादेशिक अस्पतालमा २, टिकापुर १९ , महाकाली १८, अछाम १०, डोटी २, र बाजुरा अस्पताल २ जनाको उपचार भईरहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण