अमेरिकामा यसरी मनाइयो इन्द्रजात्रा (११ तस्विरमा हेर्नुहोस्)
मङ्गलबार, २७ भदौ २०७४, ०८ : ००
वाशिंगटन डिसी - नेवा अर्गनाईजेसन अफ अमेरिका (एनओए)ले इन्द्र जात्रा (येन्या पुन्ही)मा ऐतिहासिक नाटक प्रस्तुत गर्दै इन्द्रजात्रा मनाएको छ । सेप्टेम्बर १० मा मेरिल्यान्ड राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा ७ औ ईन्द्रजात्रा मनाइएको हो ।
कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समयबजीको साथै अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।
काठमाडौँ उपत्यकाको झल्को आउने गरी विभिन्न प्रस्तुतिको साथ मनाइएको इन्द्रजात्रामा नेवा समुदायको साथै अमेरिकाका विभिन्न राज्यबाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।
प्रमुख अतिथि राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि)ले दूताबासको तर्फबाट आयोजकलाई शुभकामना दिँदै नेवा समुदाय आफ्नो संस्कृति र परम्परा जोगाउन निक्कै कटिबद्ध रहेकोमा खुशी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण