आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप, ६ राउण्ड हवाई फायर

शुक्रबार, १६ साउन २०७७, २२ : ४६
शुक्रबार, १६ साउन २०७७

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा  प्रहरीले ६ राउण्ड हवाई फायर गरेको  छ । 

कोरोना संक्रमितको शव गाड्ने क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि झडप भएको हो । सयौंको संख्यामा मिलनचोकमा जम्मा भएका स्थानीयवासीहरुले आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लिएपछि प्रहरीले आश्रुग्यास र हवाई फायर समेत गरेको छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ६ राउण्ड हवाई फायर गरे पनि स्थानीवासी आफ्नो मागबाट पछि हट्न मानेका थिएनन्  ।

प्रहरीले आश्रुग्यास र हवाई फायर गरेपछि विरोधमा उत्रेका स्थानीयवासीले ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेको स्थानीय युवा प्रकाशकुमारले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो  भने नेपाली सेनाको उपस्थिति देखिएन ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्नका लागि २ वटा जेसिभी समेत मिलनचोक पुर्याइएको थियो । कोरोना संक्रमितको शव व्यवस्थापनको लागि मिलनचोक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिभि देख्ने वित्तिकै स्थानीयवासी विरोधमा उत्रेका थिए । यसअघि पनि साउन १२ गते मिलनचोकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप