वीरगञ्जमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप, ६ राउण्ड हवाई फायर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।
कोरोना संक्रमितको शव गाड्ने क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि झडप भएको हो । सयौंको संख्यामा मिलनचोकमा जम्मा भएका स्थानीयवासीहरुले आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लिएपछि प्रहरीले आश्रुग्यास र हवाई फायर समेत गरेको छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ६ राउण्ड हवाई फायर गरे पनि स्थानीवासी आफ्नो मागबाट पछि हट्न मानेका थिएनन् ।
प्रहरीले आश्रुग्यास र हवाई फायर गरेपछि विरोधमा उत्रेका स्थानीयवासीले ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेको स्थानीय युवा प्रकाशकुमारले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो भने नेपाली सेनाको उपस्थिति देखिएन ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्नका लागि २ वटा जेसिभी समेत मिलनचोक पुर्याइएको थियो । कोरोना संक्रमितको शव व्यवस्थापनको लागि मिलनचोक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिभि देख्ने वित्तिकै स्थानीयवासी विरोधमा उत्रेका थिए । यसअघि पनि साउन १२ गते मिलनचोकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण