धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा
एजेन्सी – चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, धेरै परिश्रम गर्ने एक व्यक्तिले दिनमा ३ देखि ४ वटा केरा खान सक्छ । तर, आवश्यकताभन्दा बढी केरा खाँदा के के बेफाइदा छन् त ?
१. कब्जियत
केरा खाँदा पेट राम्रोसँग सफा हुन्छ । तर केरा थोरै मात्रै काँचो भएमा त्यसले कब्जियत गराउन सक्छ । पखाला लाग्दा चिकित्सकहरुले केरा खाने सल्लाह दिन्छन् । यसको मतलब केराले दिशा साह्रो बनाउने काम गर्छ । त्यसैले काँचो केरा नखाने र पाकेको पनि धेरै मात्रामा खान हुँदैन ।
२.मोटोपना
केरामा फाइबरको साथसाथै प्राकृतिक रुपमा चिनिको मात्रा पनि हुन्छ । त्यसैले केरा र दूध खाँदा तौल बढ्छ । त्यसैले अधिक मात्रामा केरा खाएमा यसले शरीरमा अनावश्यक तौल बढाउने काम गर्छ ।
३. एसिडिटी
खाली पेटमा केरा खाएमा पेटमा दुखाई सुरु हुन्छ । केरामा स्टार्च भन्ने पदार्थ पाइन्छ । जसलाई पचाउँन लामो समय लाग्छ । त्यसैले धेरै केरा खाएमा पेट दुख्ने र केरा राम्रोसँग नपाकेको भएमा बान्ता पनि हुनसक्छ ।
४. मधुमेह
मधुमेह भएका बिरामीहरुले केरा धेरै सेवन गर्नुहुँदैन । प्राकृतिक रुपमा नै चिनिको मात्रा पाइने हुनाले यसले शरीरमा चिनिको मात्रा बढाउँछ र टाउको दुख्ने वा निन्द्रा नलाग्ने समस्या आउन सक्छ ।
५.दम
चिनि र स्टार्चको मात्रा बढी हुने भएकाले केराले दाँतमा दुर्गन्ध पैदा गर्छ ।
यस्तै, केरामा एमिनो एसिड टाइरोसिन पाइन्छ जुन शरीरभित्र पुगेर टायरामाइनमा परिवर्तन हुन्छ । टायरामाइनले माइग्रेनलाई बढाउँछ ।
जो मानिसलाई दमको समस्या छ, ति व्यक्तिहरुले केरा खान हुँदैन । यसले सुन्निने र एलर्जी हुने समस्या पैदा गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण