बैंक अफ काठमाण्डूको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग
काठमाडौं । बैंक अफ काठमाण्डूको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एकाउन्न हजार सहयोग हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आइरहेको केन्द्रलाई संघले वित्तीय सहयोग हस्तान्तरण गरेको हो ।
आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले केन्द्रको नेत्तृव गर्दै आएका छन् ।
बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले केन्द्रका अध्यक्ष पुनलाई एक समारोहको बीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
केन्द्रद्वारा उत्पादन गर्दै आइरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण