आईपीएल यूएईमा हुने तय
सोमबार, १९ साउन २०७७, ०८ : ५८
इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी १९ सेप्टेम्बरबाट यूएईमा हुने तय भएको प्रतियोगिताका आयोजकहरुले पुष्टि गरेका छन् । प्रतियोगिताका ५३ खेलहरु दुबई, शारजाह र अबुधावीमा खेलाइनेछ । फाइनल खेल १० नोभेम्बरमा हुने तय भएको छ ।
त्यस्तै, आइपीएलको प्लेअफको हप्तामा तीन टोली सम्मिलित महिला टी–२० च्यालेन्जको पनि आयोजना गरिनेछ । यद्यपि, अस्ट्रेलियाका विकेट किपर एलिसा हेलीलगायत थुप्रै शीर्ष महिला क्रिकेटरहरुले प्रतियोगिताको समयको आलोचना गरेका छन् ।
अस्ट्रेलियामा १६ अक्टोबरदेखि शुरु हुने महिला बिग ब्यास लिगसँग यस प्रतियोगितालाई जुधाइएको छ । चुनावका कारण सन् २०१४ मा पनि यूएईमा आईपीएलको आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण