चितवनमा भेला र बैठक नगर्न प्रशासनको निर्देशन
सोमबार, १९ साउन २०७७, १८ : ३१
जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।
जिल्लामा केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य सङ्घसंस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न भनेको छ ।
निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । चितवनका सातवटै स्थानीय तह, जिल्ला सहकारी सङ्घ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न सङ्घसंस्थालाई प्रशासनले सूचना पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकारलाई कांग्रेसको चेतावनी : अदालतको आदेश विपरीत काम नगर्नू
-
बंगलादेश छात्रवृत्ति प्रकरण : बंगलादेशलाई कूटनीतिक नोट, तर आएन जवाफ
-
युट्युबमा भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल
-
रहेनन् कलाकार उज्वल केसी
-
रविमाथिको छानबिनबारे कांग्रेस–एमालेको ‘स्यान्डविच’ बने प्रचण्ड
-
मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्ने सम्भावना छ : नेता यादव