बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तालिम गर्दागर्दै समुद्रमा डुबे ९ अमेरिकी नौसैनिक

सोमबार, १९ साउन २०७७, २३ : ०१
सोमबार, १९ साउन २०७७

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित समुद्रमा प्रशिक्षणमा सामेल भएका ९ जना प्रशिक्षार्थी नौसैनिकको डुबेर मृत्यु भएको छ । उनीहरु प्रशिक्षणको दौरानामा समुद्रमा डुबेका थिए । तालिम गर्दागर्दै डुबेका उनीहरुमध्ये १ जनाको शव ३ दिनपछि भेटिएको थियो । 

अमेरिकी नौसेनाका लेफ्टिनेन्ट जनरल जोसेफ आस्टरमैनका अनुसार बिहीबार सान क्लेमेन्ट टापुबाट फर्किने क्रममा मरिन क्राफ्ट दुर्घटना भएको थियो । सोही दुर्घटनामा ९ जना प्रशिक्षार्थी डुबेका थिए । उनीहरुको खोजीमा हेलिकप्टर र डुंगाको प्रयोग गरिएको थियो । सुरुमा १ जनाको शव भेटिएपनि बाँकी ८ जनालाई पनि मृत घोषित गरिएको छ ।

मरिन क्राफ्ट समुद्रमा हुने लडाईका लागि प्रयोग हुने जहाजको वरिपरि निगरानी र सैनिक कार्वाही प्रयोग गरिने गरिन्छ । डुबेका सबै प्रशिक्षार्थी सैनिक नौसेनाको क्याम्प पेन्डलटन इकाईमा संलग्न थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप