तालिम गर्दागर्दै समुद्रमा डुबे ९ अमेरिकी नौसैनिक
सोमबार, १९ साउन २०७७, २३ : ०१
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित समुद्रमा प्रशिक्षणमा सामेल भएका ९ जना प्रशिक्षार्थी नौसैनिकको डुबेर मृत्यु भएको छ । उनीहरु प्रशिक्षणको दौरानामा समुद्रमा डुबेका थिए । तालिम गर्दागर्दै डुबेका उनीहरुमध्ये १ जनाको शव ३ दिनपछि भेटिएको थियो ।
अमेरिकी नौसेनाका लेफ्टिनेन्ट जनरल जोसेफ आस्टरमैनका अनुसार बिहीबार सान क्लेमेन्ट टापुबाट फर्किने क्रममा मरिन क्राफ्ट दुर्घटना भएको थियो । सोही दुर्घटनामा ९ जना प्रशिक्षार्थी डुबेका थिए । उनीहरुको खोजीमा हेलिकप्टर र डुंगाको प्रयोग गरिएको थियो । सुरुमा १ जनाको शव भेटिएपनि बाँकी ८ जनालाई पनि मृत घोषित गरिएको छ ।
मरिन क्राफ्ट समुद्रमा हुने लडाईका लागि प्रयोग हुने जहाजको वरिपरि निगरानी र सैनिक कार्वाही प्रयोग गरिने गरिन्छ । डुबेका सबै प्रशिक्षार्थी सैनिक नौसेनाको क्याम्प पेन्डलटन इकाईमा संलग्न थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण