कोरोनाका कारण जसपा बैठकको कार्यसूचीमा हेरफेर
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को बैठक आज दोस्रो दिन पनि जारी रहनेछ । ललितपुरको च्यासलस्थित तुलसीलाल आमात्य स्मृति प्रतिष्ठानको सभाहलमा बुधबारदेखि शुरु भएको जसपा नेपाल कार्यकारिणी समितिको बैठकमा आजदेखि कार्यसूचीमा छलफल हुने बताइएको छ ।
कोरोना महामारी फैलिरहेको विषयलाई मध्यनजर गर्दै बैठकको कार्यसूचीमा केही हेरफेर गरिएको बताइएको छ । शुरुमा चारदिन प्रशिक्षण र बाँकी दुई दिन पार्टीको बैठक गर्ने कार्यसूची कार्यकारिणी समितिका सदस्यहरुलाई जानकारी गराइएको थियो । तर अब शुरुमै कार्यकारिणी समितिको बैठक गर्ने र समय बाँकी रहेमा परस्थिति हेरेर प्रशिक्षण कार्यक्रम गर्ने कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले बताए ।
बुधबारको बैठकमा राजनीति प्रतिवेदन समेत पेस भएको छ । त्यसमा छलफल हुनुको साथै देशको समसामयीक राजनीतिक अवस्था, पार्टीको समायोजन, पार्टीको आचारसहिंता लगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच बीच वैशाख १० गते एकीकरण भइ असार २८ गते निर्वाचन आयोगबाट जनता समाजवादी पार्टी (जसपा) को नाममा प्रमाणपत्र समेत पाइसकेको छ । जसपा नेपालको यो पहिलो बैठक हो । यो बैठक ६ दिनसम्म चल्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
