प्रदेश नं १ मा बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु
मोरङ । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अंकुश तामाङ, करण थामी, र अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई तथा रामधुनी–७ सुनसरी निवासी दीपेश लिम्बू र मन्दीप लिम्बू छन् ।
दीपेश र मन्दीपको अरिङ्गालले टोकेर तथा अन्यको पहिरो, बाढी र रुखले किचेर मृत्यु भएको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिए । यसैगरी बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् । उहाँहरु गत असार २८ गते भारी वर्षाका कारण पहिरामा परी बेपत्ता भएको उपसचिव थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण