हेलचेक्र्याइँ गर्दा कोरोनाले लिन्छ ज्यान
ललितपुर – कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो । वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो ।
उनको परिवारका अन्य पाँच जनालाई पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला तराईबाट आएपछि क्वारेन्टाइनमा बसिनन् । घर बस्दा न्यूनतम स्वास्थ्य सावधानी पनि नअपनाइएकाले सो परिवारका अन्यलाई पनि संक्रमण भएको थियो । वीरगन्जबाट आएको केही दिनमा कोरोनाका लक्षण देखिन थालेपछि मात्रै ती महिला अस्पताल पुगेकी थिइन् ।
उनी उच्च रक्तचापको बिरामीसमेत थिइन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनमा पाटन अस्पतालमा उनको मृत्यु भयो । तराईबाट आएर परिवारका सदस्यसँगको घुलमिल र हेलचेक्र्याइँले अन्यमा समेत संक्रमण देखिएको गेलालको भनाइ छ । ‘क्वारेन्टाइन नबस्दा र परिवारका सबै सदस्य घुलमिल हुँदा समस्या देखियो’, उनले भने, ‘कोरोना परीक्षण पनि भएको थिएन, हेलचेक्र्याइँले ज्यानसमेत लिन सक्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण