बालुवाटारबाट लगातार प्रहार
काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेताहरुबीच एकले अर्कोमाथि प्रहार गर्ने शिलशिला नै चलेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयबीचको संवाद नै रोकिएका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरुमाथि निरन्तर प्रहार गर्न थालेका हुन् ।
बुधबार प्रचण्ड नेपाल पक्षले पत्रकारहरुसँग गरेको अन्तरक्रियालाई ओली पक्षले पार्टी फुटाउने रिहर्सल भनेको छ । नेताहरुले पार्टीको समस्या मिडियाकर्मीहरुसँग राखेको भोलिपल्ट बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाकै केन्द्रीय सदस्य सूर्य थापाले पार्टी एकता भाँड्न केही पत्रकारलाई बोलाएर ओलीविरुद्ध लेख्न लगाएको आरोप लगाएका थिए । त्यस्तै उनले आफ्नै नेताहरुलाई ग्याङ्ग अफ फोरको संज्ञा नै दिएका थिए ।
थापाले यस्तो लेखेको भोलिपल्ट अर्थात शुक्रबार ओलीकै राजनीतिक सल्लाकार तथा नेकपाका स्थायी समिति सदस्य विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको पदमाथि नै प्रश्न उठाएका छन् । रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै ‘कम से कम पार्टी प्रवक्ता पदको लाज जोगाउन भनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रिमालले भनेका छन्, ‘विधि र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस ! पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् ! मुलुक संवेदनशील मोडमा छ महसुस होस् !’
Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
