अनेरास्ववियूद्वारा जनयुद्धका घाइतेलाई आर्थिक सहयोग
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले संघीय गणतन्त्र प्राप्तिका निम्ति भएको आन्दोलनका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ।
बिहीबार दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सरविरुद्ध लडिरहेका तत्कालीन माओवादी संवद्ध जनमुक्ति सेनाका कम्पनी कमान्डर नैनवहादुर तामाङ ‘जमिन’लाई भेट्ने क्रममा अनेरास्ववियूले सो माग गरेको हो।
हाल भक्तपुरको सूर्यविनायकस्थित भाइको डेरामा बसिरहेका तामाङलाई भेट्न बिहीबार अनेरास्ववियूका केन्द्रिय नेता एवम् साबिक अखिल( क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष पन्चा सिंह ,दीपक देवकोटा, रविकिरण यादव ,केन्द्रीय सचिव मदन भुल, राजकुमार याक्सो केन्द्रीय सदस्य रमेश खड्का र रोशन थापामगर सानोठिमी क्याम्पसका नेता रेशमलाल श्रेष्ठ लगायतको टाेली त्यहाँ पुगेको थियो ।
तामाङ १० वर्षे जनयुद्धका क्रममा भोजपुर सदरमुकाममा भएको भिडन्तका क्रममा घाइते भएका हुन्। गोली लागेकै घाउका कारण उत्पन्न क्यान्सर रोगसँग हाल उनी कठिन संघर्षमा रहेका छन्। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका निवासी तामाङ त्यतिबेला तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमान्डर थिए।
भेटमा अनेरास्ववियूका नेता सिंहले परिवर्तनका लागि भएका जनआन्दोलन र जनयुद्धका सम्पूर्ण घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन्। सो क्रममा टाेलीले सहयोगस्वरुप २० हजार रुपैयाँ उपचारको लागि हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण