भारतीय सेनाले नेपाली सेनालाई दियो १० आइसियु भेन्टिलेटर
आइतबार, २५ साउन २०७७, १३ : ४८
काठमाडौं । कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गरे ।
मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्द रहेको बताए । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण