१ किलो चरेश सहित पक्राउ
आइतबार, २५ साउन २०७७, १४ : ३०
काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ दाउराडिपोबाट प्रहरीले मकवानपुर घर भएका देवेन्द्र थापा मगरलाई पक्रेको छ ।
दाउराडिपोमा ४२ वर्षीय देवेन्द्रको कोठा खानतलासी गर्दा १ किलो १६० ग्राम चरेश फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
मकवानपुको थाहा नगरपालिका–७ घर भएका उनले धादिङबाट चरेश ल्याएर स–साना पाकेट बनाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको कोठामा चरेश प्याकिङ गर्ने कागज र तराजु पनि फेला परेको छ ।
शनिवार पक्रेर प्रहरीले देवेन्द्रलाई लागु औषध (नियन्त्रण) ऐन–०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण