भदौमा गर्ने भनिएका त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका परीक्षाहरु स्थगित
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा गर्ने भनेको परीक्षा स्थगित गरेको छ । भदौ अन्तिम साता गर्ने भनिएको स्नातक र स्नात्तकोत्तर तहको परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरस माहामारीको कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सो संकायले आइतबार एक विज्ञप्ति जारी गर्दै गत साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित गरेको हो ।
इन्जिनियरिङ संस्थान डिनको कार्यालयले तत्कालका लागि परीक्षा स्थगित गर्ने र अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ–‘विश्वभर फैलिएको कोभिड १९ को महामारीले गर्दा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका स्नातक तथा स्नाकोत्तर तहका परीक्षाहरु क्रमश भाद्र अन्तिम र तेस्रो साताबाट संचालन हुने भनि परीक्षा नियन्त्रण शाखाले साउन १५ मा सूचना प्रकाशित गरेकोमा हाल कोभिड १९ को महामारी कायमै रहेकाले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले उक्त परीक्षा हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ । ’
साथै संस्थानले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण